सहयोगदाता

संचालन कोष

उप्रेती समाजका दैनिक गतिबिधि संचालनको लागि आवश्यक पर्ने रकम ब्यवस्था गर्न यो कोष स्थापना गरिएको हो । सहयोगदाताले दिएको रकम कोषमा अक्षयकोषकोरुपमा रहने छ । उक्त रकमको ब्याजबाट समाजका गतिबिधि संचालन हुनेछन् ।

भवन व्यवस्थापन कोष

उप्रेती समाजको केन्द्रीय भवन ब्यवस्थापन गर्न यो कोष स्थापना गरिएको हो । सहयोगदाताले उपलब्ध गराएको सहयोग रकमबाट भवन निर्माणको लागि जग्गा खरिद र केन्द्रीय भवन निर्माण गरिने छ ।

सम्मान/ पुरस्कार कोष

उप्रेतीका छोरा, छोरी, बुहारीले आफ्ना नातेदारको सम्झनामा स्थापना गरेका सम्मान तथा पुरस्कार बितरण गर्न यो कोषको स्थापना गरिएको हो । कोषमा अक्षयकोषदाताले जम्मा गरेको रकमको ब्याजबाट प्रत्येक बर्ष बिभिन्न सम्मान तथा पुरस्कार बितरण गरिन्छ...