वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
साइडमा लेखिएको
तरवारले १ सत्रु हाने उत्पोनिश्चयेछ
श्री दुर्गा सहा
श्री ५ माहाराज
स्वस्तिश्री सर्दार वंसराज षत्रि कस्यपत्रम्-
आगे मैजर चक्रपानि उप्रेति के प्रनाम. उप्रान्त कुईर्या कालिकुमाहू कोटालगधिचढू
दाति मिति फागुणको २१ दिन जादा बृहस्पति बारको रात्रिको घटि ० पला १५ बिताईके
टालगढिमा प्रवेश. गर्नु भनि सायेत दियाको प्रवेस पनि गरु. सायेत् पनि टहन्याको कोटाल
गढि देषि पूर्व तरफको येक सौत्पान्यठि पावार्ना निमिन्त्य तेसै सायेत्मा हेरि पराथवस्या
तहवल्दारलाई जुराई किला ठोकनालाई लायाको त्यो सायेत् पनि ठहरयो फागुण का
२३ दिन जादा सनिश्वर बारका १४ घटिमा कईन्याको फौज आई जोरिन्छ १६ भरिमा
हाम्रो जितवाजि छ भन्दा त्यो दिनमा पनि कुईनयाको फौज आई जोरियो कुई न्याका..
षेत रहि हटि विसुंषुका वुंगामा पस्यो तेस दिन पनि हाम्रो जितवाजि छ भन्दा जो
लडाञी गर्दा प्रथम चोटमा कुईर्याको सुवेदार षुसी अर्षाषेत रहदा हटि आफ
ना आइमा बुंगमा जाई बस्यो तेस दिनमा वनि हाम्रो तिजवाजि भयो चैतका दिन
३ जादा मंगलबारका दिनको ११ घरि बिताइ पूर्व मुहुडा गरि हरि पलाई हान्नु भनि
सायेत हेरि हान्दा कुईन्याको सुवेदार अले आर्षा भन्याको गोलि लागि मर्यो तस
दिनपनि सायेत् ठहरयो हडिबुंगामा पस्यो चैतका २२ दिन जादा आदित्य बार रात्रि
को २६ घरि बिताई जुडुगि निसान सार्दा भोलि वेर सोवार २३ दिन जादा दिनको
२५ घरि बिताई सान्याको जंगिनिसान लि बैढाई जादा कुइरयाको फौज १ कोस स
म्म ५ घरि रात तक काटि ७६२ जना काटि घाईताको थाहा केहि रहेन धेरैभया
न्यो सायेत् पनि ठहरयो जितवाजि (अ)ंन्त्ये भयो राज बुंगा वाहालि भयो सायेत वेरु
मा विन्ति गरि निकासा दिलाई दिउला ईति सम्बत १८७१ सालमिति चैत्र शुदि
८ रोज २ मोकाम कालिकुमाहू राजबुंगा शुभम्-
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

