वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
साइडमा लेखिएको
पत्रसही
श्री दुर्गा
स्वस्ति श्री चार अदालतथका डिठ्ठा कनकसिंह वस्यालकस्य पत्रम-
आगे. तौथलिका छप्पाजोषु थापा के यथोचित् उप्रान्त वाफलको काल्पागौतूंने धान
रुपैया षायाका थिया. सालवाल. भया संमको व्याज दिदै थियो ८८ सालमा व्या
ज आयन. येस्पाला. हाम्रो साउव्याज सबै भरिदे भन्दा तेरे धन् छदै छैन अघि
भान्यो पछि तेति सबै भन्या तेरो धन होईन आधा भन्या हो तिछुं भन्या व लात गर्दा
हाम्रौ चित्त बुझेन भनि मेजर चक्रपाणि उप्रेति स्यामलाल उप्रेति ञहां कराउन आया
ईन बाहुन् र काल्या भोछट्यालाई. जोरि हिसाप्किपात् गरि साहुंको धन भराइ देउ.
चित्त बुझेन अरु कुरा छं भन्या जोरि ञहां पठाई देउ र. चित्त बुझाई छिनि दिन्याका नहोला
सम्वत् १८८९ साल मिति फागुण शुदि १२ रोज १ शुभम्-
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

