१८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
स्वस्ति श्री गिरिराजत्यादि श्रीमन्महाराजाधिराज श्रीश्रीश्री म
त्पृथ्वी नारायण साहदेवानां सदामरविजयिनाम-
स्वस्ति श्री सर्वोपमेत्यादि श्री हरि देव पंडित श्री ज.. मदग्नि
उपाध्याके. यथोचित. प्रमाण पूर्वक पत्रंइदम् आगे
इहाको समाचार भलो छ उप्रान्त सानु ओहाबुज्यू छयौ
र मौजंज्यू छयौ हज्जार रुपयाका सुनार, रयाको छ त्यो
चाँडो मागेर पठाइ देउ. उप्रान्त षासाका भोट्या र विगुका
भोट्याले… अघिता जगातिसंग नमिलि धामधुम गर्यो म
छि हाम्रो नालदुम घेर्दा सभै उठिकन तलतलसम पि
छा तस्कारणति हाम्रा साइधु वाहुन् हाम्रै प्रजा हुन्
तन्कन हामि तस्न स्गछौं तसनसुग. दारकुतिका ढेवा
हरू महाजनहरू चम्कनान्. यो चमक मेघा तेस्ता
साइधुवा लाइ राष्या फेरि धामधुम होला उप्रान्त ताँहाका
कुसेक हनि चाँडो बुझि उत्तरा चाँडो पठाउ उपात ताँ
हा हाम्रा रुपयाले सुना मिलन्या भया योहा रुपया
भयाका छन् यो उत्तरा चांडो गरि पठाउ र रु
पया पठाइ दिउला जति भइन्छयौ तति रुपया भया
का छन् । विज्ञेषु किमधिकं … अप्रानी पत्रषां
साको सहि मिति भाद्र ? वदि १२१ रोज ४ शुभम् –
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

