सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
स्वस्ति श्रीमत् पशुपति चरणकमलधूलीधूसरित सिरोरुह श्रीमन्मानेश्वरष्टदेवता
वरलव्धप्रसाददेहीप्यमानमानोन्नत् श्री रघुवंसावरतार. रविकुलतिलकहनुमध्वज नेपालेश्वरमाहाराजाधिराजराजराज्येन्द्रसकलराजचक्राधीश्वर श्रीश्री जय जगज्जय मल्ल
परमभटाकदवानां सदासमरजिञीनाम् प्रभूठाकुरबाट कलिंजोल्मा वस्न्या
श्री उप्रेति भरत नाउ गरेकालाई दियें श्री राजाका देषि पश्विम् पूर्वदक्षिन् पपित
चारकिल्ला भित्रको तिमाल्व्यासी पादरि षेत् रोपनि १३ जवा २ यति हरिवासमा बाग्मतिमा
कुस हाली वक्स्यां फेरि तिमालेव्यासी पादरिषेत रोपनि ५ को मोल मोहरू १५० ली
वक्स्यां प्रतिस्थामा मदुटोलल्या नाच नचाउनालाई तेलमोल तिऱ्यां यस पत्रका
साछी श्रीश्री राज्येन्द्र मल्ल देव डिहि रोपनि २ षेत्को सगै घडाडी रोपनि २ सम्बत ८४७ श्रावण शुदी ५ शुभ्भ्-
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल

