महिला बिभागकाे पहिलाे बैठक
उप्रेती समाजसेवा समिति अन्तर्गत नवगठित महिला बिभागकाे पहिलाे बैठक संयाेजक श्री कमला उप्रेतीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । विविध शुभकर्म अभियान मार्फत वंशज सदस्य र नाता सम्बन्धिहरूमा आपसी सदभाव कायम गर्दै समाजसेवामा याेगदान पुर्याउने उदेश्यका साथ याे बिभाग गठन भएकाे हाे ।
महिला बिभागकाे आजकाे बैठकले हिन्दु महिलाहरूकाे महान चाड तीजकाे अवसरलाई मध्यनजर गर्दै २०८० साल भदाै २३ गते सनिवारका दिन तीज कार्यक्रमकाे आयाेजना बाट आफ्नाे अभियानकाे थालनी गर्ने निर्णय गरेकाे छ । साे बैठकमा उप्रेती समाजसेवा समितिका सचिव बलराम उप्रेती र काेषाध्यक्ष खेमराज उप्रेतीकाे समेत उपस्थिति रहेकाे थियाे ।
सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
- सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल













