अग्रजलाई सम्मान!
उप्रेती समाजसेवा समितिले समितिका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव डा. वेदप्रकाश उप्रेतीज्यूलाई उहाँले समाजसेवा र राष्ट्र प्रति पुर्याउनु भएको विशिष्ठ योगदानका खातिर २०८१ भाद्र १२ गते काठमाण्डौ, वालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरेकाे छ ।
समाजका अध्यक्ष श्री शाेभित उप्रेतीकाे अगुवाइमा सम्पन्न उक्त कार्यक्रमा उप्रेती समाजका सल्लाहकार एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति श्री गंगा प्रसाद उप्रेती, निर्वाचन आयाेगका पूर्व प्रमुख निर्वाचन आयुक्त एवं समाजका पूर्व अध्यक्ष श्री नीलकण्ठ उप्रेती र समाजका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव डा. त्रिलाेचन उप्रेतीकाे विशेष उपस्थिति रहेकाे थियाे ।
विगतमा लामाे समय सम्म उप्रेती समाजसेवा समितिकाे सचिवालय सञ्चालनकाे लागि डा. वेदप्रकाश उप्रेतीले आफ्नै निवास परिसरमा उपलब्ध गराउनु भएको सभाकक्षमानै आयाेजित याे कार्यक्रममा उप्रेती समाजसेवा समितिका निवर्तमान अध्यक्ष ई. माेहनकृष्ण उप्रेतीका साथै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, काेषाध्यक्ष, सचिव लगायत कार्य समितिका सदस्य एवं समाजका आजिवन सदस्यहरूकाे प्रतिनिधिमूलक सहभागिता रहेकाे थियाे ।
साे अवसरमा उप्रेती समाजसेवा समितिलाई श्री वेदप्रकाश उप्रेतीले पुर्याउनु भएकाे याेगदान र निस्वार्थ सेवाभावकाे उच्च मुल्याङ्कन गर्दै उहाँकाे सुस्वास्थ्य एवं दीर्घ जीवनका लागि सूर्यतेज प्राप्तिकाे मंगलमय शुभकामना ब्यक्त गरिएकाे थियाे ।















सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
