Upreti Samaj

Upreti Samaj

  • होम
  • हाम्रो बारे
    • उप्रेती समाज
    • सदस्य
  • सहयोगी / कोष
  • अभिलेख
    • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • सम्वत ८४७ मा पण्डित भरत उप्रेतीले जगतजय मल्लको समयमा प्राप्त गरेको ताम्रपत्रको नक्कल
    • १८०५ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • वि.स. १८१५ मा पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई लेखेको पत्र
    • पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई विभिन्न मितिमा लेखेका पत्रहरू
    • १८०८ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेतीलाई र पण्डित जमदग्नी उपाध्यायलाई लेखेको पत्र
    • १८०९ मा नुवाकोटबाट पृथ्वीनारायण शाहले पण्डित हरिदेव उप्रेती र कहरसिंह बस्नेत समेतलाई लेखेको पत्र
    • वि.स. १८८९ मा डिठ्ठा कनकसिंह वस्याललाई लेखिएको पत्र
    • वि.स. १८७१ मा वंशराज खत्रीमार्फत मेजर चक्रपाणी उप्रेतीलाई लेखेको पत्र
    • १८२४ श्रावण ११ मा पण्डित हरिदेव उप्रेतिलाई प्राप्त इजाजत पत्र
    • १८८८ मा राजेन्द्र विक्रमबाट मेजर चक्रपाणीलाई लेखेको पत्र
    • १८४६ सालमा काजि दलभन्जन पाण्डेले दिनानाथ उप्रेतीलाई दिएको राहदानी
    • विश्वेश्वर प्रसाद कोइराला
    • श्री द्वारका राज उप्रेती प्रति
    • द्वारकाराज उप्रेती
    • धादिङ्ग, नौबिसेको ताम्रपत्रको नक्कल
    • जिल्ला काभ्रे पिपलटारको महादेव मन्दिरको गुठी जग्गाको अभिलेख
  • सूचना
  • ग्यालरी
    • तस्विरहरु
    • उप्रेतीहरुका दुर्लभ तस्वीरहरू
  • सम्पर्क

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा सम्पन्न

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा सम्पन्न
उप्रेती समाजसेवा समितिको साधारण सभा सम्पन्न भएको छ। काठमाडौँ बत्तीसपुतलीस्थित होटल तपसमा २०८१ मङ्सिर २९ गते शनिबार सम्पन्न कार्यक्रममा देशका विभिन्न जिल्लाहरूबाट उप्रेती वंशजबन्धुहरूको उपस्थिति रहेको थियो।
महासचिव लक्ष्मण प्रसाद उप्रेती सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रमको औपचारिक थालनीपूर्व शुभारम्भमा दिवंगत वंशजबन्धुहरूको सम्झनामा सामूहिक श्रद्धाञ्जली स्वरूप मौन धारण गरिएको थियो भने उप्रेती परिवारमा जन्म लिएर र वैवाहिक सम्बन्ध मार्फत जोडिएका सदस्यहरूका लागि ताली बजाएर स्वागत गरिएको थियो।
समाजका अध्यक्ष सोभियत उप्रेतीको अध्यक्षतामा सञ्चालित उक्त साधारण सभामा पूर्व अध्यक्ष द्वय नीलकण्ठ उप्रेती र मोहन कृष्ण उप्रेती विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
महिला विभाग प्रमुख कमला उप्रेतीले आगामी साधारण सभा आफ्नै भवनमा गर्न सकियोस्, तीज लगायतका कार्यक्रमहरू आफ्नै भवनमा आयोजना गर्न सकियोस् भन्दै सहभागी वंशजबन्धुहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा उप्रेती पूर्वजहरूद्वारा निर्मित ऐतिहासिक एवं धार्मिक स्थल पिपलटार, काभ्रेपलाञ्चाेक स्थित पातलेश्वर महादेव मन्दिरको परिचयात्मक वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो।
उप्रेती समाजका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गरिरहनुभएका पाँचथर निवासी हाल क्यानडामा बसोबास गरिरहनुभएका सुरेन उप्रेतीद्वारा उप्रेती समाजसेवा समितिलाई अमेरिका, क्यानडा लगायतका देशहरूमा बसोबास गरिरहेका उप्रेती बन्धुहरू माझ अझ विस्तार गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
महासचिव लक्ष्मण प्रसाद उप्रेतीले कार्यक्रममा उप्रेती समाजसेवा समितिका विगतका कार्यसमितिहरूद्वारा सम्पन्न विविध क्रियाकलापहरू र वर्तमान कार्यसमितिले सत्र महिनाको अवधिमा गरेका क्रियाकलापहरू बारे जानकारी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खेमराज उप्रेतीले वर्तमान कार्य समितिका आर्थिक गतिविधिहरू र आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजको स्मारिका “उप्रेती संसार – ३” को लोकार्पण गरिएको उक्त कार्यक्रममा “उप्रेती संसार – ३”का सम्पादक एवं समाजका प्रकाशन विभाग प्रमुख नन्दु उप्रेतीले स्मारिकामा संग्रहित सिर्जनामूलक, अनुसन्धानमूलक र तथ्याङ्कमूलक लेख रचना र विवरणहरूका बारेमा प्रकाश पार्नुभएको थियो।
पूर्व अध्यक्ष एवं उप्रेती संसार – ३ का सल्लाहकार सम्पादक इन्जिनियर मोहन कृष्ण उप्रेतीले स्मारिकामाथि समीक्षा प्रस्तुत गर्नुभएको थियो। डाक्टर सृजना शर्मा उप्रेती, पूर्व अध्यक्ष नीलकण्ठ उप्रेतीले शुभकामना व्यक्त गर्दै उप्रेती समाजसेवा समितिका गतिविधिहरू अझ सशक्त बन्नेछन् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। सभाले रिक्त उपाध्यक्ष पदमा कार्यसमिति सदस्य एवं महिला विभाग प्रमुख कमला उप्रेतीलाई उपाध्यक्ष एवं केन्द्रीय कार्यालय व्यवस्थापन समितिको संयोजक र केन्द्रीय सदस्य सुरेन्द्र उप्रेतीलाई वंशावली संकलन एवं परिमार्जन समितिको संयोजकका रूपमा चयन गर्ने कार्यसमितिकाे प्रस्तावलाई अनुमोदन गरेको थियो। आफूलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त जिम्मेवारी प्रदान गरिएकोमा कमला उप्रेतीले समाजप्रति आभार व्यक्त गर्नुभएको थियो। सहभागीहरूका तर्फबाट डाक्टर इन्जिनियर सञ्जय उप्रेतीले आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । अध्यक्ष शोभित उप्रेतीले समाजका गतिविधिहरू अझ प्रभावकारी बनाउने र समाजको केन्द्रीय कार्यालय व्यवस्थापनको कार्य वर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले सम्पूर्ण उप्रेती वंशज बन्धुहरूको भावनात्मक एकता र सहयोगबाट उप्रेती समाजसेवा समितिका प्रत्येक कार्यहरू सफल हुने विचार व्यक्त गर्नुभएको थियो। साथै अध्यक्ष शोभित उप्रेतीले केन्द्रीय कार्यालय व्यवस्थापनका लागि साथ सहयोगको हातेमालो गर्न सम्पूर्ण उप्रेती वंशजबन्धुहरूलाई हार्दिक आग्रह गर्नुभएको थियो। वरिष्ठ उपाध्यक्ष ओमप्रसाद उप्रेतीले उप्रेती समाजसेवा समितिको विगत र वर्तमानका बारेमा चर्चा गर्दै सबै सहभागीहरूप्रति धन्यवाद प्रदान गर्दै अध्यक्षकाे अनुमति अनुरूप सभाको समापन गर्नुभएको थियो।

सम्बन्धित खवर

  • समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
  • महिला बिभागकाे पहिलाे बैठक
  • हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
  • अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
  • बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
  • पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
Upreti Samaj

नेपालका अधिकांस जिल्ला र विश्वका बिभिन्न देशमा पेशा ब्यवसाय गरी बसेका समस्त उप्रेतीहरु एकबद्घ भई यो देशको विकास र उत्थानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न उप्रेती समाजको स्थापना भएको हो । उप्रेती समाज सबैको लागि, सधैको लागि” भन्ने मूल नारालाई यो समाजले आत्मसात गर्न खोजेको छ |

मेनू

  • उप्रेती समाजसेवा समिति
  • सूचना
  • ग्यालरी
  • सदस्य
  • सम्पर्क

सम्पर्क

  • बत्तीसपुतली, काठमाण्डौ
  • info@upretysamaj.org.np
  • +९७७ ९७६८३८९७४०/ ९८४१८१४६५५
© 2026 उप्रेती समाज | सर्वाधिकार सुरक्षित