उप्रेती समाजसेवा समितिकाे स्थापना दिवस कार्यक्रम भव्यताकासाथ सम्पन्न ।
असार २२, काठमाण्डाैँ
उप्रेती समाजसेवा समितिले आफ्नाे स्थापना दिवसलाई शुभकर्म अभियानसंग जाेड्दै विविध कार्यक्रमका साथ सम्पन्न गरेकाे छ । विक्रम संवत् २०५२ साल असार २२ गते जिल्ला प्रसासन कार्यालय,काठमाण्डाैँमा समाजकाे केन्द्रीय समिति दर्ता भएकाे दिनलाई आधार मानेर आयाेजना गरिएकाे याे समााेहमा रक्तदान, जेष्ठ वंशज सदस्य सम्मान र पुरस्कार वितरण कार्यक्रमहरू सम्पन्न भएका छन । आजकै दिन दाङ जिल्ला समितिले पनि रक्तदान कार्यक्रमकाे आयाेजना गरेर उप्रेती समाजसेवा समितिकाे “सबैका लागि सधैँका लागि” भन्ने मुलनारालाई सार्थक तुल्याएकाे छ । दिनभर परेकाे अविरल वर्षादकाे समेत प्रवाह नगरि समितिकाे आव्हानलाई स्विकार गर्दै ६४ जना रक्तदाताहरू जिवनदानकाे यस महा अभियानमा सरिक हुनु भएकाे थियाे । जसमध्य काठमाण्डाैँमा ५२ र दाङमा १२ जना दाताहरूले नेपाल रेडक्रस साेसाइटीलाई आफ्नाे रगत दान गर्नु भएकाे छ । उप्रेती समाजसेवा समिति सम्पुर्ण दाताहरूमा हार्दिक सम्मान प्रकट गर्दछ ।
आजै काठमाण्डाैँमा आयाेजित सम्मान पुरस्कार वितरण कार्क्रममा ८० बर्ष माथीका १३ जना जेष्ठ वंशजहरूलाई सम्मान गर्नुका साथै साममजिक सेवामा समर्पित दुईवटा संस्था र तीनजना ब्यक्तिहरूलाई समेत पुरस्कृत गरिएकाे थियाे । जस अन्तर्गत विराटेश्वर वृद्ध आश्रम, विराटनगरलाई लक्ष्मी देवी- गंगा प्रसाद उप्रेती स्मृति प्रतिष्ठान द्वारा पुरस्कृत गरियाे भने मायाघर नेपाल, इटहरीलाई धर्मानन्द-काैशल्या उप्रेती सामाजिकसेवा सम्मान बाट पुरस्कृत गरिएकाे थियाे । तेसैगरी ब्यक्तिहरू तर्फ निर्मला-पद्मलाल उप्रेती स्मृति सम्मान तथा पुरस्कार यशाेदा बाेगटी, बनेपा, काभ्रेपलाञ्चाेक र सुशिला उप्रेती, इटहरी, सुनसरीलाई प्रदान गरियाे भने
धर्मानन्द-काैशल्या उप्रेती महिला सशसक्तिकरण सम्मान तथा पुरस्कार गीता न्याैपाने, बिराटनगरलाई प्रदान गरियाे ।
काेशी प्रदेशका भाैतिक पुर्वाधार विकाश मन्त्री माननिय गणेश प्रसाद उप्रेती प्रमुख अतिथि रहनुभएकाे उक्त समाराेहमा समाजका सल्लाहकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेती र समाजका पूर्व अध्यक्ष एवं निर्वाचन आयाेगका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती विशेष अतिथि रहनु भएकाे थियाे ।
उप्रेती समाजसेवा समितिका अध्यक्ष शाेभित उप्रेतीकाे सभापतित्वमा आयाेजित उक्त समाराेहमा सम्मानित एवं पुरस्कृत संस्था र ब्यक्तीका तर्फबाट श्री जगत प्रसाद अर्ज्याल, सुभद्रा प्याकुरेल र भरत प्रसाद उप्रेतीले आफ्नाे मन्तब्य राख्नु भयाे । तेसैगरी पुरस्कार दाताहरूका तर्फबाट तारा उप्रेती र माेहन कृष्ण उप्रेतीले पुरस्कारहरूका बारेमा प्रकाश पार्नु भएकाे थियाे ।
कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्ण महानुभावहरू लगायत स्वास्थ्यकर्मी, स्वयंसेवक, गायन तथा नृत्यकला प्रस्तुति गर्नुहुने सबैमा हार्दिक नमन!


सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
