दाङ जिल्ला समितिकाे शुभकर्म अभियान!
नयाँ बर्ष काे २०८१ अवसरमा उप्रेती समाज सेवा समिति दाङले वैशाख १ गते मानव कल्याण समाज नारायणपुर, दाङ को सेवाघरमा रहनुभएका जेष्ठ नागरिक एवं शारीरिक अशक्तता भएका आमा, बुवाहरुलाई सामुहिक भाेजन कार्यक्रम आयाेजना गरि २०८१ काे शुभकर्म अभियान सुरू गरेकाेछ । साथै आश्रममा रहनुहुने सेवाग्राहीकाे लगि आवस्यक पर्ने खानपिन र लत्ताकपडाकाे ब्यवस्थापनकाे लागि एक लाख एकसय पचप्न्न रूपैयाँ समेत सहयाेग गरेकाे छ ।
वंशज सदस्यहरूकाे निस्वार्थ सेवाभावकाे कारण सवैका लागि सधैका लागि भन्ने मुल नारा रहेकाे उप्रेती समाजसेवा समितिकाे अभियान निरन्तर अघि बड्दै जानेछ ।
दाङ जिल्ला समितिका पदाधिकारी एवं सम्पुर्ण वंशज सदस्यहरूमा सूर्यतेज प्राप्तिको मङ्गलमय शुभकामना सहित हार्दिक नमन!
उप्रेती समाजसेवा समिति, केन्दिय कार्य समिति

सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
