धन्यवाद!
उप्रेती समाजसेवा समितिले आयाेजना गरेकाे तीज उत्सव २०८१ भव्यताकासाथ सम्पन्न भएकाे छ ।
२०८१ भाद्र २१ गते पर्नगएकाे हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजकाे अवसरमा भाद्र १५ गते मध्य बानेश्वरस्थित कृष्णभाेग पार्टी प्यालेसमा आयाेजित समाराेहमा देशभरबाट काठमाण्डाैमा बस्दै आउनुभएका करिव ६०० जना उप्रेती वंशजका फुपू , आमा, भाउजू/बुहारी, दिदीबहिनी र भाञ्जीहरूकाे सहभागिता रहेकाे थियाे ।
उप्रती समाजसेवा समिति उप्रेती परिवारकाे वंश मिलन समाराेह अन्तर्गत आयाेजित भब्य एवं सभ्य कार्यक्रममा सहभागी हुनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
