पिथाैरागढमा भेटघाट र छलफल
मित्रराष्ट्र भारतको उत्तराखण्डमा बसोबास गर्ने उप्रेती बन्धुहरूका बारेमा जानकारी प्राप्त गर्न र सम्बन्ध विकास गर्न त्यसक्षेत्रको भ्रमणमा रहुभएका उप्रेती समाजसेवा समितिका शंकरनाथ उप्रेती र नन्दु उप्रेती हाल अल्मोडाको भ्रमण सकेर पिथौरागढ पुग्नुभएको छ ।
भ्रमण टेलिलाई पिथोरागढमा न्युज18 समाचार संस्थाका प्रतिनिधि विजय वर्धन उप्रेती र स्थानीय निशिद उप्रेतीले स्वागत गर्नुभएको थियो । हिजो २९ गते उहाँहरूले अल्मोडाका उप्रेती बन्धुहरूसँग भेटघाट गर्नुभएको थियो । मेडिकल व्यवसायी गिरीश उप्रेती र पिटीआईका अल्मोडा प्रतिनिधि पत्रकार निर्मल उप्रेतीलगायतका बन्धुहरूसँग भेटघाट एवं फोन सम्पर्क गर्नु भएको थियो । सो अवसरमा उहाँहरूबिच खेतीग्राम, उप्रेती खोलामा बसोबास गर्ने उप्रेतीका बारेमा, वंशावलीमा यसक्षेत्रका उप्रेती बन्धुहरूका विवरण समावेश गर्न गर्नुपर्ने कार्य नियमित सम्पर्कमा रहने बारेमा छलफल भएको थियो ।
आज उहाँहरूको पिथौरागढका उप्रेतीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
२०८०।१२।३०

सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
