कञ्चनपुरकाे टनकपुर हुँदै उत्तराखण्ड प्रस्थान !
उप्रेती समाजसेवा समितिकाे टाेली कैलालीकाे धनगढी र कञ्चनपुरककाे महेन्द्रनगरमा भएका भेटघाट, छलफल र बैठकहरूमा सहभागी हुँदै चैत्र २८ गते बिहान भारतकाे उत्तराखण्ड तर्फ प्रस्थान गरेकाे छ ।
यस अघि टाेलीले २७ गते साँझ कञ्चनपुरकाे ब्रम्हदेवमा रहेकाे प्रसिद्ध सिद्धबाबा मन्दिरकाे भ्रमण गरि त्यहाँका मुल पुजारी पुज्य श्री महेन्द्रराज उप्रेती र पुजारी गाेविन्दराज उप्रेती संग भेट गरेकाे थियाे । भेटका क्रममा भ्रमणकाे उदेश्य, कञ्चनपुरमा रहेका उप्रेती वंशज, जिल्ला समिति गठन र कुमाउ गढवालमा रहेका उप्रेतीहरूकाे बारेमा छलफल तथा जानकारी आदान प्रदान गरेकाे थियाे ।
२०८०।१२।२८


सम्बन्धित खवर
- समितिले आयाेजना गरेको पशुपतिनाथ, बागमती गंगा आरती
- महिला बिभागकाे पहिलाे बैठक
- हरितालिका तिजको अवसरमा पशुपतिनाथ परिसरमा सञ्चालित सेवा कक्ष
- अन्तरसामाजिक सद्भाव र सहकार्यकाे लागि हातेमालाे: पनाैती-नमाेबुद्ध शान्ति पदयात्रा
- बासकाे लागि बहस: भवन ब्यवस्थापनमा सहभागिताकाे अनुराेध!
- पण्डित भरत उप्रेतीले किनेको जग्गाको ताम्रपत्रको नक्कल
